भृकुटीमण्डपमा आजदेखि स्टक क्लियरेन्स मेला

काठमाडौं। राजधानीको भृकुटीमण्डपमा आजदेखि स्टक क्लियरेन्स मेला सुरु भएको छ । चैते दशैंको अवसरमा आयोजना गरिएको यो मेलामा सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न सकिनेछ । मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध रहेका छन् ।

इभेण्ट सोलुसन प्रालिले ‘दशैंको वेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना गरेको स्टक क्लियरेन्स मेला पाँच दिनसम्म चल्नेछ। एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीको कारोबार भईरहेको छ ।

प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरूको सहभागिता रहनेछ। यसपटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *