-प्रज्जवल थापा
तनहूँ । लण्डन क्लब आर्सनलका स्ट्राइकर पिरे एम्रिक अबमियाङले आर्सनलसितको सम्झौता नवीकरण गरेका छन् । आज औपचारिकरुपमा घोषणा गर्दै आर्सनलले थप तीन वर्षको सम्झौता नवीकरण गरेको बताएको छ ।
गाबनका स्ट्राइकर अबमियाङ सन् २०१८ जनवरीमा जर्मन क्लब डर्टमण्डबाट आर्सनल गएका थिए । उनले आर्सनलको लागि १११ खेल खेल्दै ७२ गोल गरिसकेका छन् ।
अबमियाङले अघिल्लो सिजन ४४ खेल खेल्दै २९ गोल गरेका थिए । एफए कप फाइनल जित्दा उनले चेल्सीविरुद्ध २ गोल गरेका थिए । उनले सिजनको सुरुवातमा लिभरपुलविरुद्ध कमिटी सिल्ड जित्दा गोल गर्दै सिजनको उत्कृष्ट सुरुवात गरेका थिए ।
