गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले साँझ ६ बजे राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको हो ।

यसपटक सभापति पदमा थापासँग प्रतिस्पर्धा गर्न किशोर सिंह राठोर र श्यामकृष्ण खड्कीले समेत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *