ललितपुर । ललितपुरस्थित यातायात कार्यालयमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सेवाग्राहीलाई हैरानी दिने खोटाङ दिक्तेलकी १९ वर्षीया इनिमाया राईसहित १५ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला जम्मा भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत बाधा अवरोध पुर्याउने कार्य गरेकाले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ।
