प्राध्यापकले कमाएको अकुत सम्पत्ति श्रीमतीको नाममा, झण्डै ८ करोड विगो मागसहित अख्तियारद्वारा मुद्दा

काठमाडाैँ । सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रुपमा झण्डै पौने ८ करोड रुपियाँ बराबरको सम्पत्ति आर्जन गरेको भन्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । सार्वजिनक पदमा रहँदा दासको वैध आय ७ करोड ६० लाख १० हजार ४ सय ८९ रुपैयाँ ८० पैसा रहेकोमा उनले सोही अवधिमा १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको देखिन आएको आरोप पत्रमा उल्लेख छ ।

२०५० साल असारमा जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०६८ साल असारमा उपकुलपति हुँदासम्म उनले कमाएको अबैध सम्पत्ति श्रीमती पुनम दासको नामका राखेको पाइएकाे पनि अख्तियारले जनाएको छ ।

सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा दासले अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान गरेको अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *