त्रिकोणात्मक सिरिजको आगि नेपाल तयार, तस्बिरमा हेर्नुहोस् टोलीको युएईमा अभ्यास

काठमाडौं । युएईमा आजबाट शुरु भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको लागि नेपाली क्रिकेट टोलीले आफ्नो अन्तिम तयारी सकेको छ । भोलि बुधबार दिउँसो हुने खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै सिरिजको शुरुवात गर्दैछ ।

त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएई, नेपाल र पपुवा न्युगिनी रहेका छन् । आज भएको सिरिजको पहिलो खेलमा पीएनजीलाई ७ विकेटले पराजित गर्दै युएईले विजयी शुरुवात गरेको छ । हालसम्म लिगको सबै १३ खेलमा पराजित भएको पीएजीविरुद्ध मैदान उत्रिदा नेपालले जीत निकाल्ने लक्ष्य राख्नेछ ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले पीएनजीले हालसम्म खेलेको सबै खेल हारेपनि टोलीलाई कमजोर आक्न नमिल्ने बताएका छन् ।

तस्बिरमा हेर्नुहोस् नेपाली टोलीको युएईमा प्रशिक्षण:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *