प्रिमियर लिगमा लेस्टर र एभर्टन विजयी

प्रज्जवल थापा
इङ्लिस प्रिमियर लिगमा लेस्ट्र सिटि र एभर्टन विजयी भएका छन् । गएराति भएको खेलमा लेस्टरले वेस्ट ब्रोमलाई ३-० गोल अन्तरले हराउँदा एभर्टनले टोटेन्हामलाई १-० गोलले हरायो ।

लिगमा पहिलो खेल खेलिरहेको लेस्टरलाई जित दिलाउन जेमी भर्डी र कास्टेग्नेले गोल गरे । कास्टेग्नेले ५७ औ मिनेटमा डेनिस प्रेटको पासमा गोल गरेका थिए ।

जेमी भार्डीले ७४ औं र ८४ औं मिनेटमा दुबै गोल पेनाल्टीमा गरेका थिए । यता एभर्टनको जितको लागि एक गोल पर्याप्त रह्यो । एभर्टनको जितमा ५५ औं मिनेटमा डिग्नेको पासमा डोमिनिक लिविनले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *