मृतकको शोकमा एकदिन तुलसीपुर बजार बन्द गरिने

काठमाडौं । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुलसीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग वाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जनाको शोकमा बजार बन्द गर्न लागिएको हो ।

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *