अन्तरिम सरकारले भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम चाल्ने रास्वपाको अपेक्षा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तरिम सरकारबाट भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदमको अपेक्षा राखेको बताएको छ ।

शनिबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी भनेका छन्, ‘फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता–हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवद्र्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *