२१ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । बुधबार नेप्से २१.३२ अंक बढेको हो । मंगलबार नेप्से ४.१२ अंक बढेको थियो । आजको बजार वृद्धिका लागि बैंकिङ समूहकै योगदान बढी रह्यो । बजारको सबैभन्दा ठूलो यो समूह सबैभन्दा धेरै १. ४५ प्रतिशत बढ्यो ।

बैंकिङ समूहको उच्च वृद्धिले समग्र नेप्से परिसूचकमा आज राम्रो वृद्धि देखियो । बैंकिङ समूहको सूचक चैत १० यताकै उच्च विन्दु १५६५ अंकमा पुगेको छ । आज कारोबार रकम केही घटेको छ । आज ४ अर्ब १३ करोडको भएको छ । १८८ कम्पनीको मूल्य बढ्दा ८० को घटेको छ। ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *