काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिम्स्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन नयँदिल्लीमा रहेका गृहमन्त्री गुरुङले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् ।
यसअघि गृहमन्त्रीले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए । गृहमन्त्री गुरुङ आज स्वदेश फर्किने कार्यक्रम छ ।
