गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । लोक दोहोरी गायिका एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *