भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन साहले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री साहले  जानकारी गराएका थिए ।

साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री साहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *