पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले अर्याललाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । अर्याललाई प्रहरीले नेपाल भारत सीमाबाट पक्राउ गरी बिहीबार काठमाडौँ ल्याएको थियो ।

उनलाई म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध ठगी तथा संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ । मलेसियाको वैदेशिक रोजगारीको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा उनीमाथि पनि अनुसन्धान सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *