काठमाडौं । लगातार तीन दिन उकालो लागेको सेयर बजारमा बिहीबार भने गिरावट आएको छ । आज नेप्से परिसूचक १०.८९ अंकले घटेर बजारमा करेक्सन देखिएको हो ।
बजार घटे पनि बिहीबार पाँच अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्ला तीन दिनको वृद्धिपछि अधिकांश समूहमा बिक्री चाप देखिँदा बजार ओरालो लागेको हो ।
रोबारमा आएका समूहगत सूचकमध्ये लगानी समूहबाहेक सबै समूह घटेका छन् । लगानी समूह भने ०.७२ प्रतिशतले बढेको छ । यस दिन ८६ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । बुधबार ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको कारोबार भएको छ ।
सेयर मूल्य बढ्ने कम्पनीमध्ये युनिक नेपाल लघुवित्त वित्तीय संस्था ४.८८ प्रतिशतको वृद्धिसहित शीर्ष स्थानमा रह्यो । त्यस्तै, एलएस होराइजन र एभरेस्ट कलरको सेयर मूल्य करिब ४ प्रतिशतले घट्दै सर्वाधिक मूल्य घट्ने कम्पनीको सूचीमा परेका छन् ।
