भैरहवा हवाई रुट सहमति सकारात्मक, महेन्द्रनगर र नेपालगञ्ज नै नेपालको प्राथमिकताः उपमहासचिव भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमतिलाई स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले सहमति सैद्धान्तिक रूपमा सकारात्मक रहेको र यसले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत केही हदसम्म सहयोग पुग्ने बताएका छन् ।

तर, भैरहवा र पोखरामा विमान अवतरणका लागि उक्त रुट सहज र उपयुक्त हुने वा नहुने विषय प्राविधिक निष्कर्षपछि मात्रै स्पष्ट हुने उनको भनाइ छ । भैरहवाका लागि ६ हजार ५०० फिट र पोखराका लागि १५ हजार फिट उचाइ उपयुक्त हुने आफूले बुझेको उल्लेख गर्दै उनले भारतीय प्राविधिक पक्षले उक्त प्रस्ताव स्वीकार गर्छ वा गर्दैन भन्ने हेर्न बाँकी रहेको बताएका छन् ।

उनले दुईतर्फी हवाई रुटका विषयमा नेपालको प्राथमिकता भने महेन्द्रनगर र नेपालगञ्ज नै रहेको बताएका छन् । उनले भनेका छन्, ‘भैरहवाबाट दुईतर्फी हवाई रूट संचालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ । यसको स्वागत गर्दछु । यो सहमतिले काठमाडौँलाई एकहदसम्म सहयोग पुग्छ नै । तर भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न त्यो प्राविधिक निष्कर्ष पछि मात्र थाहा हुनेछ । मैले बुझेअनुसार ६५ सय फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुन्छ । हेरौ भारतीय प्राविधिकले यो मान्छन् या…. ? दुईतर्फी हवाई रूटमा फेरि पनि हाम्रो प्राथमिकता महेन्द्रनगर र नेपालगंज नै हो । हवाई रूटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बीचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियो ? र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएन ? कुनैबेला बताउँला । अहिलेलाई– Always Nations First !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *