माण्डु एकेडेमीकी निशुम केरुङ दसौँ राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता

काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत उसु विधामा कोशी प्रदेशबाट माण्डु एकेडेमीकी कक्षा १० की छात्रा निशुम केरुङले स्वर्ण पदक जितेकी छन् ।

निशुमको सफलताप्रति माण्डु एकेडेमीले बधाई तथा शुभकामना व्यक्त गर्दै उनको उपलब्धिले विद्यालय परिवारसँगै कोशी प्रदेशको गौरव बढाएको जनाएको छ ।

विद्यालयले निशुमको सफलता कडा मेहनत, अनुशासन र समर्पणको प्रतिफल भएको उल्लेख गर्दै आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्दै थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *