सुदुरपश्चिमद्वारा काठमाडौंलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा सुदुरपश्चिम रोयल्सले कर्णाली गोर्खाजलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले काठमाडौंलाई जितको लागि १ सय २६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको हो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए । यस्तै थरिन्दु रत्नायाकेले २६ र आरिफ शेखले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौंको लागि जहान्दद खानले ४ ओभरमा एक मेडन राख्दै २२ रन दिएर ३ विकेट लिँदा सन्तोष यादवले २ विकेट लिए । अब काठमाडौंले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *