काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा शनिबार सुकुन्द र्याली आयोजना गरेको छ । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो ।
र्यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । र्यालीमा कांग्रेस सभापति गगन थापा पनि सहभागी भएका थिए । र्यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पुर्याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

