संसदीय सुनुवाइ समितिबाट सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चारै जनाको नाम अनुमोदन गरेको छ । शनिबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा.रत्नबहादुर बागचन्दको नाम अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । चारै जनाको संसदीय सुनुवाइ प्रक्रिया आजै सम्पन्न भएको थियो । सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नाम अनुमोदन गरेको हो । अब उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *