एनपीएल : चितवनद्वारा सुदूरपश्चिमलाई सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चितवनले सुदूरपश्चिमलाई जितको लागि १ सय ३० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको हो । चितवनको लागि रवी बोपाराले सर्वाधिक ४९ रन वनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै विवेक यादले १७, डेविड मलानले १६ तथा कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५/१५ रन बनाए ।

सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले दुई विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह एरी र अनिल खरेलले समान एक/एक विकेट लिए । अब सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *