विराटनगर र सुदूरपश्चिमबीच ५/५ ओभरको खेल हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल ५/५ ओभरमा झारिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण मैदान भिजेपछि खेल निर्धारित समयभन्दा ढिलो सुरु हुन लागेको हो । खेल ७ः४० बजे सुरु हुने तय भएको छ ।

खेलको टस राति ७ः२५ बजे हुनेछ । वर्षाका कारण मैदानको अवस्था अनुकूल नहुँदा टसमा समेत ढिलाइ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *