पत्रकार पक्राउप्रति रक्षा बमको आक्रोश

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले पत्रकार पक्राउको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेलाई सम्बोधन गर्दै उनले रास्वपाको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन् ।

उनले कहिले आफ्नै कार्यकर्ता लगाएर मिडिया हाउसअगाडि गाडी तेर्स्याउने त कहिले मिडिया हाउसभित्रै प्रवेश गरेर पत्रकारलाई तर्साउने काम भइरहेको भन्दै सरकारको सुशासनको नारामाथि प्रश्न उठाएकी छन् ।

‘रवि लामिछाने जी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ,’ उनले लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *