पछिल्लो २४ घण्टामा काभ्रेको रोशीमा सबैभन्दा धेरै वर्षा

काठमाडौँ । अर्नब चक्रवातको असर नेपालमा पनि देखिएको छ । गएरातिदेखि नेपालका धेरै स्थानमा वर्षा भएको छ । पछिल्लो २४ घण्टामा काभ्रेको रोशी क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार रोशीमा ३३ मिलिमिटर वर्षा भएको हो । यस अवधिमा कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *