काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले जनकपुरलाई जितको लागि १ सय १६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनाएको हो । काठमाडौंको लागि भिम शार्कीले ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । भीमले २९ बलमा ४ चौका प्रहर गरे । यस्तै रशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्न राहुल यादवले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै सैफ हसनले ४ ओभरमा ११ रन दिएर २ विकेट लिँदा मोइन अली, हर्मित सिंह र ललित राजवंशीले समान एक/एक विकेट लिए ।
अब जनकपुरले जवाफी ब्याटिङ गर्नेछ ।
