काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले आज शपथग्रहण गर्ने भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ ।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण कार्यक्रममा उपस्थित हुन बोलाइएको छ ।
कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । आजको कार्यक्रममा सभापति थापाले केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराउनेछन् ।
