काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पोखराले सुदूरपश्चिमलाई १ सय ४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । पोखराको लागि अर्जुन घर्तिले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । यस्तै महेदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ र धनन्जय लक्षणले ११ रनको योगदान गरे ।
सुदूरपश्चिमको लागि अनिल खरेलले ३ ओभरमा २३ रन दिएर ३ विकेट लिए । यस्तै हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्र सिंह एरीले समान एक/एक विकेट लिए । अब सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्नेछ ।
