एनपीएलले राष्ट्रिय आत्मविश्वास अझ बलियो बनाओस्ः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटप्रतिको जनउत्साह, युवा प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिबिम्ब भएको बताएकी छन् ।

एनपीएलको तेस्रो संस्करण सुरु हुने अवसरमा शुभकामना व्यक्त गर्दै उनले गत वर्ष आफू प्रधानमन्त्री रहँदा विशिष्ट परिस्थितिका बीच दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको स्मरण गरेकी छन् ।

उनका अनुसार गत वर्षको एनपीएलले सुरक्षा सम्बन्धी आशङ्का निवारण गर्न तथा समाजमा आशा र उत्साह जगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

यस वर्षको एनपीएलले पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने, नेपालको गौरव विश्वभर फैलाउने र राष्ट्रिय आत्मविश्वासलाई अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरेकी छन् ।

कार्कीले प्रतियोगिताको सफलताको कामना गर्दै सम्पूर्ण खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीलाई शुभकामना दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *