एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘एल क्लासिको’मा रियल म्याड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोलले पराजित गरेको हो । लिगमा बार्सिलोनाको यो पहिलो हार हो ।
स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन एम्बाप्पेले दुई गोल गर्दा बार्सिलोनाको लागि राफिन्हाले एक गोल फर्काए । खेलको ४१ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६१ औँ मिनेटमा पेड्रीको पासमा राफिन्हाले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै ८८ औँ मिनेटमा कामाभिंगाको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई २-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड १० खेलबाट २४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट २७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत छ ।
