म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इंग्लिस म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । बुधबार राति भएको खेलमा कोमोसँग ४-१ गोलले पराजित हुँदै युनाइटेडले आफ्नो जितविहीन यात्रालाई सातौँ खेलसम्म लम्ब्याएको हो ।

स्टाडियो गिउसेप्पे सिनिगाग्लियामा भएको खेलमा कोमोलाई जित दिलाउन निको पाजले दुई तथा अनास्टासिओस डोउभिकास र जाकोबो रामोनले समान एक/एक गोल गरे । युनाइटेडको लागि जोश्वा जिर्क्जेले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमै निको पाजले गोल गर्दै कोमोलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४९ औँ मिनेटमा डोउभिकासले गोल गर्दै कोमोको अग्रता दोब्बर बनाए । ५७ औँ मिनेटमा निको पाजले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाए । ७६ औँ मिनेटमा रामोनले गोल गर्दा कोमोले खेलमा ४-० गोलको अग्रता लिएको थियो ।

यस्तै इन्जुरी समयमा जिर्क्जेले युनाइटेडको लागि सान्तवना गोल गरेका हुन् ।

जितसँगै कोमो ३ खेलबाट ६  अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा उक्लिदा समान खेलबाट ३ अंक जोडेको युनाइटेड २१ औँ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *