च्याम्पियन्स लिगमा म्याड्रिडको लगातार तेस्रो जित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा आरबी लेइपजिगलाई ४-१ गोलले हराउँदै म्याड्रिडले विजयी यात्रा जारी राखेको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन बर्नाडो सिल्भा, आर्दा गुलेर, किलियन एम्बाप्पे र यान डिओमान्डेले समान एक/एक गोल गरे । लेइपजिगको लागि टिडिम गोमिसले एक गोल फर्काए । खेलको ४३ औँ मिनेटमा सिल्भाले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५२ औँ मिनेटमा एम्बाप्पेको क्रसमा गुलेरले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ८३ औँ मिनेटमा डिओमान्डेलेको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८५ औँ मिनेटमा गोमिसले पाहुना टोलीको लागि सान्तवना गोल गरे ।

८७ औँ मिनेटमा  ब्राहिम डियाजको क्रसमा डिओमान्डेले गोल गर्दै म्याड्रिडलाई ४-१ गोलको जित दिलाएका हुन् । जितसँगै म्याड्रिड ३ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट ३ अंक जोडेको लेइपजिग ३० औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *