पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छिन्  ।

यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी–ज्वाईलाई टीका प्रदान गरिन् । उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *