काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गरेका छन् ।
बुधबार बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले दशैँको शुभसाइत बिहान १०ः२६ बजे गुरु पुरोहितबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गरेका हुन् ।
विगतका वर्षमा विजया दशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई समेत टीका लगाइदिने परम्परा थियो । तर, मुलुकले पछिल्लो समय विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण एवं हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै गत वर्षदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरिएको छ ।
