एजेन्सी । फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सेभिल्लालाई ४-१ गोलले हराउँदै म्याड्रिडले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग अंक दुरी छोट्याएको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन एम्बाप्पेले दुई गोल गर्दा आर्दा गुलेर र यान डियोमान्डेले समान एक/एक गोल गरे । सेभिल्लाको लागि मानु बुएनोले एक गोल फर्काए ।
जितसँगै म्याड्रिड ९ खेलबाट २१ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट १४ अंक जोडेको सेभिल्ला छैटौँ स्थानमा रहेको छ ।
