ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब ३० वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उक्त दुर्घटनामा सहचालक प्रदीप विकसमेत घाइते भएको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु२ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *