लिभरपुलमाथि सिटीको शानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको लिभरपुललाई ३-० गोलले पराजित गरेको हो ।

एनफिल्डमा भएको खेलमा सिटीलाई जित दिलाउन इर्लिंङ ब्राउट हालान्ड, जेरेमी डोकु र रायन चेर्कीले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १३ मिनेटको अन्तरालमा सिटीले तीन गोल गरेको हो । खेलको ६२ औँ मिनेटमा रायान ग्राभेन्बेर्च रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

तीन मिनेटपछि हालान्डले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाए । ६८ औँ मिनेटमा डोकुले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । यस्तै ७८ औँ मिनेटमा चेर्कीले गोल गर्दै सिटीलाई ३-० गोलको जित दिलाएका हुन् ।

जितसँगै सिटी ६ खेलमा सतप्रतिशत जित निकाल्दै १८ अंकको साथ लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको लिभरपुल नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *