तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा जिम्मेवारी निर्वाहमा कमजोरी गरेको भन्दै चार सुरक्षा तथा प्रशासनिक अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

आयोगले बुधबार प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीमाथि कारबाहीको सिफारिस गरेको हो।

कारबाही सिफारिस हुनेमा तत्कालीन काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, एसपी अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी छन् ।

आयोगले संविधानको धारा २४९ को उपधारा २ को खण्ड (ख) बमोजिम उनीहरूमाथि विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको जनाएको छ।

उक्त संवैधानिक व्यवस्थाअनुसार मानव अधिकार उल्लंघन हुन नदिन जिम्मेवारी पाएका पदाधिकारीले आफ्नो कर्तव्य पूरा नगरेमा, जिम्मेवारी निर्वाहमा उदासीनता देखाएमा वा कर्तव्य पालनमा लापरबाही गरेमा विभागीय कारबाहीका लागि सिफारिस गर्न सकिने व्यवस्था छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *