बाघको आक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो ।

उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए । बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *