काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्दैछ ।
महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको तयारी, कार्यक्रम तथा अन्य विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने कांग्रेसले जनाएको छ ।
