काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आए पनि नेपाल आयल निगमले बिक्री मूल्य यथावत् राखेको हो ।
चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

