काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार जबरालाई निवासबाटै नियन्त्रणमा लिइएको हो । पक्राउको कारणबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।
जबराले १७ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।
