काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार बेलुकी सार्वजनिक गरेको खेलतालिका अनुसार उद्धाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
उद्धाटन खेल अक्टोबर २६ अर्थात कार्तिक १० गते हुनेछ । खेल बेलुकी ४:३० बजे शुरु हुनेछ । प्रतियोगितामा कुनै दिन दुई खेल र कुनै दिन एक खेल हुनेछ । पहिलो खेल १२:३० बजे शुरु हुनेछ भने दोस्रो खेल ४:३० बजे शुरु हुनेछ ।
प्रतियोगिताको पहिलो क्वालिफायर १७ नोभेम्बर, दोस्रो क्वालिफायर १९ नोभेम्बर तथा इलिमिनेटर १८ नोभेम्बरमा हुनेछ । प्रतियोगिताको फाइनल खेल २१ नोभेम्बरमा हुनेछ । सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

