काठमाडौं । २० औँ संस्करणको एसियाली खेलकुद आजबाट जापानको नागोयामा शुरु भएको छ । जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरेका हुन् ।
नेपाली टोलीका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टोली मार्च पास्टमा सहभागी भएको थियो । मार्च पास्टमा बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमती बिष्टले नेपालको झण्डा बोकेका थिए । २० औं एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १ सय ३५ खेलाडी सहभागी छन् ।
तस्बिरमा हेर्नुहोस् उद्धाटन समारोह












