ला लिगामा रियल म्याड्रिडको रोमाञ्चक जित

एजेन्सी । इन्जुरी समयमा कार्लोस इस्पीले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा रोमाञ्चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियल म्याड्रिडले इल्चेलाई ३-२ गोलले हराएको हो ।

इस्टाडियो मानुएल मार्टिनेज भालेरोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन आन्द्रा गुलेर, किलियन एम्बाप्पे र कार्लोस इस्पीले समान एक/एक गोल गरे । इल्चेको लागि अबिएल ओसोरियो र फेर निनोले समान एक/एक गोल गरे ।

खेलको २५ औँ मिनेटमा गुलेरको फ्रिक साइडबारसँगै गोलरक्षक माटिएस डिटुरोलाई लाग्दै गोल भएपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो । ८ मिनेटपछि यान डियोमान्डेको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

७१ औँ मिनेटमा ओसोरियोले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको स्थितिमा ल्याए । ८३ औँ मिनेटमा निनोले गोल गर्दै इल्चेलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । यस्तै दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा एम्बाप्पेको पासमा इस्पीले गोल गर्दै म्याड्रिडलाई ३-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै म्याड्रिड ६ खेलबाट १५ अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ भने समान खेलबाट दुई अंक जोडेको इल्चे पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *