काठमाडौं । अमेरिकाले रसुवा जिल्लाका बाढी प्रभावित स्वास्थ्य संस्थाका लागि जीवनरक्षक स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
अमेरिकाले भोटेकोसी बाढीपछिको पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
उक्त सामग्रीबाट बाढीका कारण प्रभावित स्वास्थ्य संस्थामा नवजात शिशु उपचार, प्रसूति सेवा तथा संक्रमण रोकथामसम्बन्धी सेवा पुनः सञ्चालन गर्न सहयोग पुग्ने दूतावासले जनाइएको छ।
बाढीबाट प्रभावित समुदायको पुनःस्थापनाका लागि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता अमेरिकाले गरेको छ।
