सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका –५ सिंखस्थित भित्री सडक–खण्डमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब आठ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खका २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।
घाइते मध्ये २ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा चकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् ।
मृत्यु हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ पोखरीका रेशम बुढाथोकी र सल्लेकी वर्ष १८ की बिपना बुढाथोकी छन् ।
घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाइएको प्रहरीले जनाएको छ ।
