बायर्न र युनाइटेड विजयी

एजेन्सी । युएईएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । बिहीबार राति भएको खेलमा बायर्न म्युनिखले बोडोलाई ५-० गोलले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन मिकेल ओलिसेले दुई गोल गर्दा जामाल मुसियाला, ह्यारी केन र मिकेल ओलिसेले समान एक/एक गोल गरे ।

गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सबाह एफकेलाई ४-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन माथेउस कुन्हा, ब्रुनो फर्नान्डेज, बेन्जामिन सेस्को र लिसान्द्रो मार्टिनेजले समान एक/एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *