यमनमा हुथी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

दुबई । यमनको हुथी लडाकु समूहसँगको झडपमा बिहीबार यमनी सेनाका १३ जवान मारिएको एक सैन्य स्रोतले एएफपीलाई बताएको छ । स्रोतका अनुसार समूहले यमनको महत्वपूर्ण बाब अल–मन्दाब जलमार्ग छेउका क्षेत्र कब्जा गर्न आक्रमण गरेको आरोप लगाइएको छ ।

“प्रारम्भिक अनुमानअनुसार हुथी लडाकू समूहको आक्रमणमा परी दुई वरिष्ठ अधिकारीसहित १३ सैनिक मारिएका छन्,” सुरक्षाको कारण नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त स्रोतले भन्यो ।

अर्को स्रोतका अनुसार अधिकांश मारिनेहरू मोखा बन्दरगाह शहर र भित्री शहर ताइज बीचको अग्रपङ्क्तिमा रहेका थिए भने बाँकी रेड सी तट नजिकैका झडपमा मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *