टर्कीमा दुई व्यापारिक जहाज ठोक्किँदा दश जना बेपत्ता

इस्तानबुल । टर्कीको इस्ताबुलमा दुई वटा व्यापारिक जहाज ठोक्किएको जनाइएको छ । टर्कीको इस्तानबुल स्थित मर्मारा सागरमा दुई वटा टर्कीको झण्डा बहाक व्यापारिक जहाज ठोक्किदा १० जना चालक दलका सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

दुर्घटना बुधबार बिहान भएको इस्तानबुलको सिलिव्री जिल्लाको दक्षिणमा, इस्तानबुल गभर्नरको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ । यस घटनामा उत्तरपश्चिमी प्रान्त कोकेलीबाट इजमिर प्रान्तको अलियागा जिल्लासम्म यात्रा गरिरहेको व्यापारिक जहाज अल्सु र तुर्कको कालो सागरको तटमा रहेको इस्केनडरुनको दक्षिणी बन्दरगाहबाट काराडेनिज एरेग्लीसम्म यात्रा गरिरहेको तुग्बर्क इमामोग्लु सकावेश रहेको जनाइएको छ ।

अधिकारीहरूले दुर्घटनापछि तुगर्क इमामोग्लु र यसका १० जना चालक दलका सदस्यसँग सम्पर्क स्थापित गर्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रारम्भिक अनुसन्धानमा अन्य भौतिक क्षति देखाएको छैन, भने नौसैनिक एकाइ परिचालन गरी यस क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *