‘पार्वती’ फिल्म टिमद्वारा बाढीपीडितका लागि ११ लाख सहयोग

काठमाडौं । गत बुधबार रसुवाको भोटेकोसीमा आएको अकल्पनीय बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढीपीडितका लागि फिल्म ‘पार्वती’को टिमले आर्थिक सहयोग गरेको छ ।

हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गरेको हो ।

सोमबार अर्थ मन्त्रालय पुगेर फिल्मकी निर्देशक नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा पत्रकार प्रकाश सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

भोटेकोसीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा समेत ठूलो क्षति भएको छ ।
विपद्को यस घडीमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले फिल्म टिमले आफ्नो तर्फबाट उक्त रकम प्रदान गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *